कंचनपुर, ६ साउन (रासस) ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भमरभोजमा अज्ञात रोगका कारण सोमबार म*रेकाबाख्राको नमूना लिँदै पशु चिकित्सकको टोली । एकै दिन एक पछि अर्को गर्दै आधा दर्जन बढी बाख्रापालकका २१ बढी बाख्रा म*रेपछि पशु चिकित्सकको टोलीले अनुसन्धान शुरु गरेको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भमरभोजमा अज्ञात रोगका कारण सोमबार म*रेका बाख्रा जाँच गर्दै पशु चिकित्सकको टोली । एकै दिन एक पछि अर्को गर्दै आधा दर्जन बढी बाख्रापालकका २१ बढी बाख्रा म*रेपछि पशु चिकित्सकको टोलीले अनुसन्धान शुरु गरेको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु

घोराही उपमहानगरपालिका वडा नं ५ मा बबई नदिले छोडेको कटान क्षेत्रमा वृक्षरोपण गरी सामुदायिक वन घोषणा गरिएको छ । त्यहाँका स्थानीय जनताहरुको सक्रियतामा बबईले छोडेको जमिनलाई ‘खैराकचिला सामुदायिक वन समूह’ नाम दिई एकै पटक १५ हजार विरुवा रोपिएको हो । वृक्षरोपण गर्दै विद्यार्थीहरु । तस्वीर ः रीता लामा

धूप दिँदै प्रहरी महिलाहिन्दु नारीहरु साउनको पहिलो सोमबार काठमाडौँको पशुपति नाथको पूजाआजा गर्दै । हिन्दु नारीहरु साउनको महिनाभर सोमबारमा व्रत बसी भगवन् शिवको पूजाआजा गर्दछन् । धूप दिँदै प्रहरी महिला । तस्वीर ः रोशन सापकोटा

Comments