(शिशिर भण्डारी) होचो कदका गोपी मिजारले हामीलाई भेटेपछि आफ्ना सारा दुख सुनाए । गरिबीको मारमा परेका गोपीको दुख सांच्चै ठुलो रहेछ । उनले धेरैपटक ज्यान फाल्ने प्रयाश पनि गरेछन् । मलाई फोनमा पनि गोपीले शिशिर सर म तपाईलाई भेट्न नपाए ६ बर्षको छोरा र श्रीमती सहित ज्यान फाल्छु भनेका थिए । हामीलाई भेट्न नुवाकोटबाट गाउंका साथीसंग हजार रुपैंया मागेर आएका गोपी मिजारको ढिकुरेमा घर छैन । उनी बारीको पाटोमा पानी चुहिने र शौचालय नभएको कटेरोमा बस्दा रहेछन् । गोपीको मुखबाट अति दुखको कुरा शौचालय नहुंदा प्लाष्टिकमा दिशा पिसाब गरेर फाल्नुपर्छ भन्ने सुन्दा मन भक्कानिएर आयो ।

हुन त गोपी आफुले जानेको काम पनि गर्छन् । उनी जुत्ता छाता बनाउंछन् । घरमा श्रीमती र ६ बर्षको छोरा छन् । अघिल्लो सन्तानको रुपमा जन्मिएकी अपांगता भएकी छोरीलाई उपचार गराउने क्रममा ऋण गरेर ३ लाख खर्च गरे तर बिडम्बना छोरीको ज्यान गयो । त्यसपछि उनी ऋणमा डुबे । बसेको ठाउंबाट जग्गा धनीले निस्केर जा भन्दैछ, ३ महिनादेखि भाडा तिर्न सकेको छैन, यसैबिच छोराको घांटीको अप्रेशन गर्नु पर्यो । यसैबिच गोपीको श्रीमतीले बिषादीको प्रयोग गरेर छोरा सहित जीवन त्याग्ने प्रयाश पनि गरिन् ।

Comments