काठमाडौँ । पछिल्लो समयका चर्चित संगीतकार सिएल शर्माले भर्खरै आफ्नो र गायिका रिता केसीको आवाजमा बिल्कुलै नयाँ गीत (पैया वाला रेल) गीतको भिडियो सार्वजनिक गरेका छन् संगीतकार सी एल शर्मालाई गायकीमा गायिका रिता केसी’ले साथ दिएकि छन् ।

उक्त गीतमा शब्द आनन्द अधिकारी संगीत गायक स्वयम् सी एल शर्मा ,संगीत संयोजन रिकेश गुरुङ’को रहेको छ । गीतको भिडियोमा छायांकन तथा सम्पादन बिरेन्द्र धामीको रहेको छ । गीतको भिडियोलाई संगीतकार गायक सी एल शर्मा’को युट्युब च्यानलमा हेर्न सकिन्छ ।

Comments