काठमाडौं । सडकमा हिडिरहेकी एक युवती माथि गोरु चढेको भिडियो अहिले भाइरल भइरहेको छ । भिडियोमा सो घटना काठमाडौंको भनिएको छ । भिडियोमा दुई जना युवती संगसंगै हिडिरहेको देखिन्छ । एउटा युवतीले कालो कपडा लगाएकी छन् भने अर्की युवतीले सेतो कपडा लगाएकी छन् । त्यतीकैमा एउटा कालो गोरु ति सेतो कपडा लगाउने युवती माथि चढ्छ । संगै हिडेकी अर्की युवती आत्तीएर भाग्छन् तर ति सेतो लुगा लगाउने युवती भाग्न सक्दिनन् । गोरुले आफ्नो अगाडीको दुवै खुट्टाले ति युवतीलाई अठ्याएको हुन्छ । त्यतीकैमा एक जना पुरुष दगुरेर आउँछन् र गोरुवाट ति युवतीलाई छुटाउँछन् ।

त्यो कालो गोरु त्यतीले मात्र शान्त बस्दैन । फेरी अर्के दृष्यमा देखिन्छ गाडी चढ्न लामबद्ध रहेका अर्को युवतीको हुल माथि फेरी जाइलाग्छ । समुहका रहेका ति युवतीहरु कसो कसो गरेर गोरुवाट उम्कन्छ । भिडियोमा यो दृष्य काठमाडौंको भनिएको छ । तर काठमाडौंको कुन स्थानमा हो भन्ने कुरा भने खुलाईएको छैन ।
आज दिनभरीमा यति काम सक्छु भनेर योजना बनाएर सफाचट भएर आफ्नो सावारी साधन ‘स्टार्ट’ गर्यो। साँघुरो सडकमा अटाई नअटाई सवारी साधन । धुलो, धुँवा, सडकभरी लत्रेका तार ।

सवारीका अनावश्यक टाटा र टुटु गर्ने हर्न । त्यसमाथि छ्याप्ल्याङ छुप्लुङ गर्दै हिँड्दा पैदल यात्रुलाई छिटा परेको निहुँमा पर्ने झगडा । उताबाट जान खोज्यो ट्राफिक ले सिठ्ठी बजाएर ‘रोक’ भन्ने संकेत दिन्छ । यताबाट जान खोज्यो छाडा छोडिएका पशु चौपायाले बाटो छेकेर हैरान १ पछिल्लो समय सार्वजनिक सडकमा छाडा चौपाया निकै दिने यस्ता हैरानी त छँदैछ ।

Comments