नेपालगञ्ज, २७ चैत-

साईकल व्यवसायी महासंघ नेपालका अध्यक्ष दया भण्डारीले इन्धनमा परनिर्भरता घटाउन साईकल व्यवसायलाई बढावा दिनु पर्ने बताउनु भएको छ । साईकल व्यवसायि संघ बाँकेको प्रथम साधारण सभा एंव अधिवेसनमा सम्बोधन गदैँ अध्यक्ष भण्डारीले यस्तो बताउनु भएको हो ।

cycle1
स्वास्थ्य र वातावरणीय दृष्ट्रिकोणले उपयुक्त मानिएको साईकलको आयतमा सरकारले लगाउदैँ आएको १३ प्रतिशत भ्याट,५ प्रतिशत भण्सार शुल्क हटाई सहज र सर्वसुर्लव रुपमा आवाश्यकता अनुसारको साईकल नागरिकले पाउने वातावरण सिर्जना गरिदिन उहाँँले सरकार सगँ आग्रह गर्नु भयो ।
एटलस साईकल हरियाना भारतका मार्केटिङ्ग प्रमुख अतुल शर्माले भारतमा करिव १ करोड ७५ लाख बराबर साईकल मार्केट रहेता पनि आफुहरुले ३६ लाख साईकल उत्पादन गर्ने गरेको बताउनु भयो ।

cycle4
गरिब तथा विपन्न नागरिकलाई लक्षित गदैँ भारत सरकारको पहलमा भारतका विभीन्न क्षेत्रमा निशुल्क साईकल वितरण गरिएको स्मरण गदैँँ उहाँँले नेपाल सकारले पनि यस तर्फ ध्यान दिन सके ग्रामिण क्षेत्रका नागरिकहरु धेरैँ लाभाम्बित हुने बताउनु भयो ।
साईकल व्यवसायि संघ बाँकेका अध्यक्ष मोबिन अहमद हलवाईको अध्यक्षतामा सञ्चालीत कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्त, नेपालगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दामोदर आचार्य,नेपालगंज किराना तथा खाद्य्य व्यवसायि संघका अध्यक्ष अब्दुल वाहिद मंसुरी, वरिष्ठ ब्यवासायि नन्दलाल वैष्य लगाएत १ दर्जन बढिले बोल्नु भएको थियो ।

cycle2
साईकल व्यवसायलाई प्रोत्साहन र विकास गर्न निरन्तर लागी परेको भन्दैँ कोहलपुरका विष्णु माया पाण्डे,प्रेस स्वतन्त्रता सेनानी पन्ना लाल गुप्ता र अन्य बसीर अहमद अन्सारी,मोहम्मद समिन खान,अब्दुल हाजी खाँ लगायतलाई सम्मान पत्र सहित फुल मालाले सम्मान गरिएको छ । साईकल चढौँ,स्वस्थ बनौँ भन्ने नाराका साथ आयोजित प्रथम साधारण सभा एंव अधिवेसनमा बाँके,बर्दिया,कञ्चनपुर,सुर्खेत र चितवन जिल्ला गरि झन्डैँ २ सय बढिको सहभागीता छ ।

cycle3
संघको प्रथम साधारण सभा एंव अधिवेसनका शुभ अवसरमा आज विहान नेपालगंजको विपी चोक,पुष्पलाल चोक,धम्बोजी चोक लगाएतका स्थानमा वृहत साईकल ¥याली समेत निकालिएको थियो । मुलकका विभीन्न स्थानमा गरि करिव १० हजारको हाराहारीमा साईकल ब्यवासायिहरु रहेको बताईए पनि बाँके जिल्लामा भने संघमा दर्ता भए अनुसार झन्डै ५ दर्जनको हाराहारीमा साईकल ब्यवासायिहरु रहेको अनुमान छ । साईकल व्यवसायि संघ बाँकेको प्रथम साधारण सभा एंव अधिवेशनमा नयाँ कार्यसमिति चयन सहित आजै सकिने संघले जनाएको छ ।

Comments