सिमरा, ३ साउन । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो परीक्षण शुक्रवार सम्पन्न भएको छ । योजनाको पहिलो परीक्षण शुक्रबार बिहान ६ बजे सम्पनन भएको जनाइएको छ । बुधवारवाट सुरु भएको पाइपलाइनको परीक्षणको काम शुक्रवार सम्पन्न भएको हो । भारतको पटनाबाट सुरुमा पानी पठाएर पानीले सफा गरेपछि मात्र त्यसमा डिजेल पठाएको पाइपलाइन प्राविधिक प्रमुख प्रदीप यादवले जानकारी दिए ।

भारतीय लगानीमा बनेको मोतिहारीअमलेखगन्ज क्रसबोर्डर पाइपलाइनबाट पहिलो पटक नेपालमा पेट्रोलियम पद्धार्थ आएको नेपाल आयल निगमले जनाएको छ । डिजेल पठाउनु अघि आइओसीले दुईदिनदेखि पानी पठाएर पाइपको फोहोर सफा गर्नुका साथै चुहावट भएनभएको परीक्षण गरेको थियो । उक्त परीक्षणमा कतै चुहावट नभएपछि डिजेल पठाएर पाइपलाइन पहिलोपटक संचालनमा ल्याइएको परियोजनाले जनाएको छ ।

पाइपलाइनबाट पेट्रोलियम पद्धार्थ पक्रियागत रुपमा भित्रिन भने केही समय लाग्ने छ । यो परीक्षण सफल भएसँगै तोकिएको समयभन्दा झन्डै आधा समय अगावै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ आउने भएको छ । यो आयोजना ३० महिनामा तयार गर्ने गरी १५ महिना अघि सुरु गरिएको थियो ।

Comments