काठमाडौं, ३ साउन । वैदेशिक रोजगारीका लागि भन्दै दलाल मार्फत केन्याको डान्स बारमा पुर्याइएका १२ नेपाली युवतीलाई उद्दार गरी काठमाडौं ल्याइएको छ । बिहीबार साँझ केन्याबाट उनीहरुलाई हवाई मार्ग हुँदै नेपाल ल्याइएको हो ।

नेपाल प्रहरीको मानव बेचविखनविरुद्ध काम गर्ने ब्युरो स्रोतका अनुसार केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परे पछि उद्दार गरिएको हो । त्यहाँबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को सहयोगमा उनीहरुलाई नेपाल ल्याइएको हो । उद्दार गरिएका उनीहरुले आफ्नो इच्छाले केन्या पुगेको बयान दिएका छन् । उद्दार गरिएका मध्ये अधिकांशले केन्यामा आफूले शारीरिक वा मानसिक यातना पनि नपाएको बताएका छन् ।

Comments