काडमाडौँ – राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले क्यानडा नेपालसँग अहिलेको राजनीतिक विषयहरु बारे आफ्नो खरो तर्क दिएका छन् ।उनले हामिसँग गरिएको एक अन्तरबार्तामा एउटै मान्छे सात चोटी प्रधानमन्त्री हुनुपर्ने ? भन्दै आक्रोश ब्यक्त गरेका छन् । यो देशमा दोहोरिएर कोहि पनि मन्त्री हुन नपाउने बताउदै उनले अहिलेका मन्त्रीहरुमा आजिबन मन्त्री हुन पाए भन्ने सोचाइ रहेको बताए ।

हाम्रो नेपालमा सल्लाहाकारको भुमिका केहि नहुने बताउदै उनले यहाँ कोहि कसैलाई नमान्ने, पद र धन कमाउने नै ठुलो हुने बताएका छन् । अन्तरबार्तामा उनले नेपाली समाजमा जातिय र लैँगिक बिभेद, बिभाजन र शोषणहरु भएको बारे पेचिलो तर्क दिएका छन् । अन्तरबार्तामा डाक्टर केसीले यो सरकार सरकार नभएर युवाहरुले जागिर खाने थलो भएको बताएका छन् ।

त्यस्तै उनले बाढी गएर मान्छे मरेका छन् भुकम्प पीडितले दुख पाएका छन् । तर त्यो काम कसैबाट पनि राम्रो सँग हुन नसकेको बताएका छन् । सबै जना रानी रानी भएर बस्दा काम नभएको र त्यसैमा लडाइ हुने गरेको अबस्थामा देशको स्थिती भएको बताएका छन् । त्यस्तै रविन्द्र मिश्रले पनि केही कुरा उनले सिक्नु पर्ने बताएका छन् । त्यस्तै उनले सरचना गत रुपमा नेपालको परिवारमा भ्रष्टाचार छाएको भएपनि व्यक्ति गत रुपमा भने नेताहरु पनि र कर्मचारीहरु पनि भ्रष्ट नहुने बताएका छन् ।

Comments