काठमाडौं, २ साउन । नायिका शिल्पा पोखरलले आफ्नो पहिलो श्रीमानको बारेमा मुख खोलेकी छन । एक युट्युव अन्तवार्तामा उनले आफ्नो विहे नभएको तर प्रेमीले वुढी भनेर सम्बोधन गर्ने गरेकाले अहिलेको श्रीमान छवि ओझाले आरोप लगाउने गरेको बताइन । पति छविराज ओझाले यही विषयलाई लिएर आरोप लगाउने गरेको बताइन ।

श्रीमान ओझा विरुद्ध सम्बन्ध विच्छेद मुद्दा दायर गरिसकेको बताएउने पोखरेलले सम्बन्धका ३ वर्षमा सधै शंका र यातना भोग्नु परेको दाबी गर्दै आएकी छन । ‘अब म सुखी भएर बाच्न चाहन्छु, धेरै रोएँ । अहिले त उसको अनुहार पनि हेर्न मन लाग्दैन ।’उनले छविकी पूर्व पत्नी रेखा थापा र आफूबीच बीचमा दोस्ती भएको खुलाइन् । रेखाले छविसँग घरमा बसेवापहजार तिर्नुपरेको र सधै यातना भोग्नुपरेको सुनाएको उनले स्मरण गरिन् ।

शिल्पाले अघिल्लो हप्ता छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।झगडा हुँदा सधैजसो घाँटी अठ्याउने गरेको उनको आरोप छ । शिल्पाले थपिन्, ‘त्यो दिन उहाँले घाँटी थिचेको थिच्यै गरेपछि गरेपछि लात्तीले हिकाएर राति नै घरबाट हिडेको हो । अरु बेला एकछिन थिचेर छाडि दिनुहुन्थ्यो ।’फेरि अर्की महिला नफसून भनेर आफू मिडियामा आएको उनले सुनाइन् ।

Comments