काठमाडौं, २ साउन । थापाथलीस्थित प्रसूती गृहमा विहिवार विहान तोडफोड भएको छ । सुत्केरी गराउन अस्पताल लगिएकी आमा र बच्चाको मृत्यु भएपछि चिकित्सकको लापरवाही भएको आरोप लगाउँदै अस्पतालमा तोडफोड भएको छ ।

सुत्केरी गराउन प्रसूति गृह भर्ना भएकी नुवाकोट दुप्चेकी ३८ वर्षीया कल्पना तामाङको मृत्यु भएको हो । अस्पतालका चिकित्सकको हेलचेक्रयाइका कारण आमाको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने बताउँदै मंगलबार भर्ना गरेको तर एकैपटक बुधबार अस्पतालले मृत घोषणा गरेको आफन्तको आरोप छ । तनाव बढेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ।

समस्या समाधानका लागि अहिले अस्पताल प्रशासन र आफन्तबीच वार्ता भइरहेको छ । अस्पतालले बच्चाको अवस्थाका बारेमा पनि औपचारीक जानकारी नगराएको आरोप लगाएका छन् ।

Comments