काठमाडौँ । चर्चित नायिका शिल्पा पोखर केहीदिनयता पति छवि ओझासँगको सम्बन्धका कारण चर्चा र विबादमा तानिएका बेला उनले अभिनय गरेको पछिल्लो म्यूजिक भिडियो ‘उनकै कुरा हुन्छ’ सार्वजनिक भए लगत्तै राम्रो चर्चा पाइरहेको छ । जसमा शिल्पा र अभी सुनार ‘अमृत’ को अभिनयलाई दर्शकले रुचाएका छन् । गीतकार राजकुमार बगरको शब्द संगीत रहेको गीतमा गायक सुरेन चन्दको स्वर रहेको छ ।

संगीत सागरको निर्देशन रहेको भिडियोमा रोहित कार्कीको छायांकन तथा पदम सुवेदीले सम्पादन गरेका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो । माया प्रेमका प्रसङ्गलाई गीतमार्फत उतारिएको गीत बजारमा आएसागै राम्रो प्रतिक्रिया पाइरहेको गायक चन्दले जानकारी दिए ।

Comments