सुनसरी : इटहरीमा श्रीमान श्रीमतीको एकै दिन स्वर्गवास भएको छ। श्रीमतीको निधन भएको एक घण्टाको अन्तरमा श्रीमानको पनि ज्यान गएको हो। इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईकोे मंगलबार साँझ पौने ७ बजे निधन भएको थियो। उनको निधनको शोकमा परेका उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण ज्यान गएको आफन्तले बताएका छन। श्रीमान श्रीमतीको एकै दिन दुई जनाको निधन भएपछि स्थानीयले ‘राम्रो’ भएको भन्दै शवलाई नगरपरिक्रमा समेत गराएका छन्। स्थानीयले खनारदेखि नगर परिक्रममा गराउँदै इटहरी–४ स्थित बुढीखोलाको दाहसंकार स्थलसम्म दुवै शवलाई एकै चितामा दाहसंस्कार गरेको छन्।

यो पनि पढ्नुहोस : मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिणतर्फ सरेको छ । न्यूनचापीय रेखा (वर्षा गराउने वायु) दक्षिण सरेकाले अबका तीन–चार दिन भारी तथा अविरल वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार यो अवस्थामा वर्षा नै नहुने भने होइन । सेप्टेम्बरको तेस्रो हप्तासम्म मनसुनको समय भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने हुन्छ । अबका केही दिन निरन्तर र अति भारी वर्षाको सम्भावना कमै रहेको नगरकोटीले बताउनुभयो । महाशाखाले आगामी तीन दिनको पूर्वानुमान जारी गदै आज देशभर आंशिकदेखि सामान्य बदली रही केही हल्कादेखिमध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहीबार देशैभरी आंशिक बदली रही देशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी महाशाखाले आगामी २४ घण्टामा देशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । भारी वर्षाका कारणले गर्दा देशको पहाडी भू–भागमा पहिरो जानसक्ने तथा तराईमा बग्ने नदीमा जलको बहाव र स्तर हल्का बढ्नसक्ने सम्भावना रहेको बताइएको छ । यसका साथै, हवाई तथा सडक यातायातमासमेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउनसक्ने भएकाले महाशाखाले सतर्कता अपाउन आग्रह गरेको छ ।

Comments