चर्चित गायक सुगम पोखरेलको लैजा हावा सार्बजनिक मोरंग बिरट्चोक निवासी, हाल कर्मभूमी अमेरिकामा रही विभिन्न ब्यबसायमा संलग्न, ब्यबसायी राजन भुजेलले “लैजा हावा” बोलको गीत दर्शक श्रोता माझ ल्याएका छन्, सुन्दा अतिनै कर्णप्रिय लाग्ने सो गीतको शब्द र संगीत स्वयं राजन भुजेलकै रहेकोछ । सदाबहार चर्चित गायक सुगम पोखरेलको स्वर र शैलेन्द्रमान प्रधान “बाबु”को संगीत संयोजन रहेको सो गीतमा, प्रेम बिछोडमा तड्पिने प्रेमीहरुका भावनाहरु छताछुल्ल पोखिएका छन् । गीत छनौटमा चुजी सुगमले, धेरै समयको अन्तराल पछि यो गीत सुन्ने बित्तिकै अतिनै धेरै मन परेको र गाउदा धेरै आनन्द आएको बताउन चुकेनन्। स्रोताहरुका लागी गीत, र दर्शकहरुका लागी म्युजिक भिडियो भनेझैँ साच्चिकै यस गीतको म्युजिक भिडियो हेर्न लायकको छ भने, यो एउटा नेपाली म्युजिक भिडियोहरु माझ कोशे ढुंगा साबित हुन सक्छ। निर्देशक दिलिप समनको निर्देशन रहेको सो म्युजिक भिडियोमा मोडेल हरु अभिलाषा शर्मा र सागर थापाको बेजोड अभिनय हेर्न सकिन्छ।

Comments