काठमाडौं, १ साउन । पहिले भन्ने गरिन्थ्यो, मुटु रोग पाकाहरुको रोग हो । यो लोग्नेमान्छेमा धेरै लाग्छ । तर आज आएर हेर्दा कुरो त अर्कै रहेछ । महिलाहरुले यसलाई अलि कम ध्यान दिने गरेका रहेछन्, चिकित्सकहरु, नियम कानुन बनाउनेहरुले पनि यसलाई बुझ्न नसकेका रहेछन् । १७.३ मिलियनको आधा भाग महिलाको वर्षेनि यही रोगका कारण मृत्यु हुँदोरहेछ । अर्को बालबच्चालाई आफूलाई केही थाहा नहुँदा पनि बाबुआमाको, परिवारको लापरवाहीले यसको सिकार भइराख्नु पर्‍यारहेछ । मुटु रोग बाल्यकालदेखि लाग्दोरहेछ ।

हामीले जानी नजानी आफ्नै भविष्यलाई मुटु रोगको सिकार हुन दिइरहेका रहेछौं । तसर्थ महिला र बालबच्चालाई पूरा ध्यान दिएर उनीहरुको रहनसहन, खानपान, मुटु रोगका कारक तत्त्वहरु कति नियन्त्रण्मा छन् भनेर हेर्नु परिवारका सबै सदस्यको कर्तव्य र जिम्मेवारी हो । काठमाडौंको ग्राण्डि इन्टरनेशनल अस्पतालका मुटुरोग विशेषज्ञ डा मिलनकुमार श्रेष्ठले हामीलाई मुटु रोगवाट बच्न के गर्नुपर्छ ? महिला र बालबालिकामा मुटुरोगको अवस्था के छ ? उपचारका लागि सरकारले दिएका सुविधा के के हुन् यस विषयमा हामीसंग कुराकानी गर्नुभएको छ । हेरौं उहाँसंग गरिएको यो छोटो भिडियो सामग्री

Comments