पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिरमा दैनिक हजारौं पर्यटक दर्शन गर्न आउँने गर्दछन तर पशुपति वरिपरि थुपारिएको फ़ोहोरको राम्रो व्यवस्थापन गर्न नसकेकाले र मन्दिरको अन्य नियम कानुन मा सम्बन्धित निकायले विशेष ध्यान नदिएकाले पर्यटकहरुले विभिन्न किसिमको सास्ती भोग्नुपरेको छ

सोही कारण पर्यटकहरुप्रति नकारात्मक धारणा सिर्जना भएको छ पर्यटक हरुकोलागी शौचालयको व्यवस्थापन सहज नभएकोले धार्मिक स्थल प्रति नकारात्मक अभिव्यक्ति पैदा भएको देखिन्छ मन्दिरको नजिकै भएको शौचालयको सरसफाइ पुन व्यवस्थापन भएको पाईदैन | यस्का लागि पशुपतिनाथको संरक्षण र व्यवस्थापनका लागी पशुपति विकास कोषले ध्यानाकर्षण गर्नुपर्ने देखिन्छ

Comments