एजेन्सि । ब्राजिलमा सम्पन भएको कोपा अमेरिका कपको सेमिफाइनलमा विवादित बनेका मेस्सीले माफी नमागे कडा सजाय पाउने भएका छन् । ब्राजिलसगँ पराजित भएपछि मेस्सीले रेफ्रीलाई सहि निर्णय लिन नसकेको आरोप लगाएका थिए । उनले सो विषयमा दिएको अभिव्यतिलाई दक्षिण अमेरिकाको फुटबल संस्था कन्मेबलले विरोध गर्दै मेस्सीलाई माफी माग्न निर्देशन दिएको छ ।

अर्जेन्टिनाको खेलकुद अदालतले पनि कप्तान लियोनेल मेस्सीलाई माफी माग्न आग्रह गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा चिलीविरुद्ध मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि रेफ्री विरुद्ध अभिब्यक्ति दिएका थिए । रेफ्रीले ब्राजिललाई सहयोग गरेको भन्दै दिएको मेस्सीको अभिव्यक्तिको आलोचना भएको हो । सोही कारण मेस्सीलाई कारवाहीको तयारी गरिरहेको छ ।

यस क्रममा कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्टका सदस्य गुस्टाभो अब्रिउले मेस्सीलाई माफी माग्न निर्देशन दिएका छन् । उनले मेस्सीलाई कडा कारबाही टार्नका लागि माफी माग्न भनेका हुन् । ‘म मेस्सीलाई लामो कारबाहीबाट वञ्चित हुन मन छ भने माफी माग भन्न चाहन्छु । अर्जेन्टिनी फुटबल संघले पनि मेस्सीलाई यस्तै निर्देशन दिनुपर्छ । उनले जे भने त्यो सही थिएन र यसका लागि लामो कारबाही हुन सक्छ,’ उनले प्रस्ट पारे । मेस्सीले चिलीविरुद्ध जितका बाबजुद पनि तेस्रो स्थानको पदक लिन अस्वीकार गरेका थिए । मेस्सीले अर्जेन्टिनाबाट अझै पनि उपाधि जित्न सकेका छैनन् ।

Comments