धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको ज्यान लिएकी छन् । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको ज्यान लिएको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे निधन भएको हो । मादक पदार्थ सेवन गरेकी सासूसँग झगडा गरी ज्यान लिएकी २४ वर्षीया जेठी बुहारी सुन्तलीलाई घटनालगत्तै नियन्त्रणमा लिई बनेपा इप्रका हिरासतमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

सुन्तलीद्वारा ससुरा र श्रीमान्कै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काई सासूको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस : प्रदेशका सबै गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम : प्रदेश नं ५ सरकारले प्रदेशका अति पिछडिएका ग्रामीण क्षेत्रका जनताको आर्थिक तथा सामाजिक विकासका लागि अगाडि सारेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम आगामी वर्षदेखि थप विस्तार हुने भएको छ ।

प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७५÷७६ मा प्रदेशका अतिपिछडिएका ३५ गाउँपालिकामा लागू गरिएको यो कार्यक्रम आगामी वर्ष विस्तार गरी प्रदेशका सम्पूर्ण ७३ वटै गाउँपालिकाहरुमा लागू गरिने गरी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम कार्यविधि, २०७५ लाई संशोधन गरेको छ ।

बैठकले सो कार्यक्रमको कार्यसञ्चालनको सम्पूर्ण अधिकारसमेत स्थानीय पालिकालाई प्रदान गर्ने र प्रदेश सरकारको तर्फबाट अख्तियारी र अनुगमनको मात्र अधिकार रहने गरी कार्यविधि संशोधन गरिएको बैठकपछि प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनमा ल्याएको हो । यो कार्यक्रम लागू भएका प्रदेशका ३४ गाउँपालिकाका लागि रु १७ करोड बजेट विनियोजन गरिएको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक बजेटमै यो कार्यक्रम प्रदेशका सबै स्थानीय तहहरुमा लागू गर्ने गरी प्रत्येक पालिकामा रु ५२ लाख विशेष अनुदान र सोको अनुगमन, सहजीकरण र व्यवस्थापनका लागि समेत रु ४१ करोड विनियोजन गरेको छ ।

कार्यविधिअनुसार कार्यक्रमका लक्षित समूहमा गरीबीको समस्याबाट प्रभावित घरपरिवार, असहाय, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिका घरपरिवार, दलित, पिछडिएका समुदाय तथा सुरक्षित बसोबास नभएका परिवार र कुनै प्रकोप तथा घटनाबाट घरवारविहीन भएका परिवारलाई राखिएको छ ।

मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने र प्रतिष्ठानको सर्वोच्च निकायको रूपमा मुख्यमन्त्री अध्यक्ष रहनेगरी परिषद् गठन गर्ने व्यवस्था गरिएको छ ।

परिषद्को सहअध्यक्षमा आन्तरिक मामिला तथा कानूनमन्त्री रहने व्यवस्था गरिएको छ । यस्तै सदस्यमा सबै मन्त्रालयका सचिव, सूचना तथा सञ्चार प्रविधिसम्बन्धी निजी क्षेत्रका एक महिलासहित दुई विज्ञ सदस्य र प्रतिष्ठानको कार्यकारी निर्देशक सदस्यसचिव रहने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

प्रतिष्ठानको मूल उद्देश्य प्रदेश सूचना तथा सञ्चार प्रविधिको पहुँच बढाउने र विस्तार गर्ने, सूचना तथा प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गरी ज्ञानमा आधारित समाज निर्माण गर्ने, प्रदेश सरकारको कामकारवाहीलाई विद्युतीय सुशासनका माध्यमबाट छिटोछरितो, पारदर्शी र प्रभावकारी बनाउने, सरकार र निजी क्षेत्रका व्यवसायी र नागरिकबीचको कारोवार र सम्बन्धलाई विद्युतीय प्रविधिमार्फत भरपर्दो र प्रभावकारी बनाउने रहेको छ ।

यस्तै बैठकले कर्मचारी समायोजन अध्यादेशबमोजिम प्रदेश नं ५ मा समायोजन भएका स्वास्थ्य सेवा एघारौँ तहका कर्मचारीहरुमा विभिन्न छ जना एघाराँै तहका चिकित्सकको पदस्थापन गर्ने निर्णयसमेत गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

Comments