नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनास्थित घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएकी महिलालाई उपचारको लागी अस्पताल लैजादै । वर्षायाममा ग्रामीण क्षेत्रका सडकमा यातायात सेवा सञ्चालन नहुदाँ बिरामी तथा दुर्घटनाको घाइतेलाई स्टेचरमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ । तस्वीर ः रामहरि न्यौपाने

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको रु. १० लाखको आर्थिक सहयोग र बढिगाड महिला तथा बालबालिका शसक्तिकरणको आयोजनामा तीन महिने ढाकाको कपडा बुनाई तालीमका सहभागी महिलाहरुले बुनेका ढाकाका कपडा देखाउदै तालीमका प्रशिक्षक । गाउँपालिकाले ढाका उद्योग सञ्चालन गर्नका लागि १० वडाबाट एक–एक जना महिलाहरुलाई तालीममा समावेश गराएको छ । तस्वीरः खेमराज गौतम, गलकोट

व्यास नगरपालिका–१४ मास्दीघाटमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको धारा खोलेर उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने । वडा कार्यालयको रु आठ लाख र स्थानीयवासीको रु दुई लाखको लागतमा ४८ घरमा धारा जडान गरिएको छ । तस्वीर ः कृष्ण न्यौपाने

Comments