काठमाडौं, २९ असार । मेलेसियासँगको अन्तर्राष्ट्रिय टि–२० शृङ्खला नेपालले ‘क्लिन स्विप’ गरेको छ । मलेसियाको किनरारा ओभलमा भएको शृङ्खला नेपालले २–० ले जीत्दै क्लिन स्विप गरेको हो । शृङ्खलाको पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा आइतबार ६ रनको जीत हात पारेको हो ।

आइतबार भएको दोस्रो खेलमा नेपालले टस जितेर पहिलो ब्इाटिङ गरेको थियो । जसमा नेपालले मलेसियालाई १सय७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याएको मलेसियाले १सय६७ रन मात्रै बनाउन सकेपछि नेपाल ६ रनले विजयी भएको हो ।

मलेसियाका लागि १सय६७ रन बनाउने क्रममा सयद अजिजले अर्धशतक बनाए । जसमा उनले ५० रन भने अमिरुदिन रेम्लेले २४ रन, भिरन्दीप सिंहले २३ र मोहम्मद सहादतले २१ रन बनाए । मलेसियाविरुद्ध नेपालका बलरहरुले कसिलो बलिङ गरे ।

जसमा सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट लिर्ए भने करण केसी, अभिनास बोहरा र पारस खड्काले समान एक–एक रन बनाए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालका लागि १सय७३ रन बनाउने क्रममा विनोद भण्डारीले अर्धशतक बनाएका थिए । जसमा उनले ५ छक्का र ३ चौकाको मतद्दमा ५१ रन बनाए । यस्तै, शरद भेषावकरले ४० रन बनाउँदा कप्तान खड्काले २३ रन बनाएका थिए ।

जुलाई २०–२८ सम्म सिंगापुरमा हुने टि–२० विश्वकप एसिया छनोटको अभ्यासका लागि मलेसियामा रहेको नेपाली टोलीले केही दिन अझै मलेसियामा अभ्यास गर्नेछ ।

अभ्यास खेलका लागि मलेसिया पुगेको् नेपाली टोलीले मलेसियासँग खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिताले पनि नेपाललाई छनोट खेल्दा केही सहज हुने अनुमान गरिएको छ ।

Comments