राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक अनिल झाले भारतका कारण नेपालमा डुबान नभएको बताएका छन्। शनिबार रिपोर्टर्स क्लबमा बोल्दै झाले भने भारतले आफ्नो सुरक्षाको लागी बाध बनाएको छ हामीले हाम्रो सुरक्षाको लागी बाँध भत्काउछौ हामी बाँध मर्मत गर्दैनौ त्यो त् हाम्रो सरकारको कमजोरी हो हामीले आफ्नो बच्चालाई स्कुल पठाउदैनौ अनि छिमेकीलाई सराप्छौ आफ्नो बच्चालाई आफै आफ्नो नागरीकलाई आफ्नो देशलाई सम्बन्धित सरकारले हेर्ने हो नेपालले पनि बाँध बनाउन सक्छ।

तराई भएको डुबान नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाउदै झाले आफुले गर्नुपर्ने काम नगर्ने र भारतलाई गाली गर्ने भारतले आफ्ना जनताको सुरक्षाका लागि बाँध बाँधेको भन्दै नेपालले पनि किन बाँध नबाँधेको भन्दै प्रश्न गरे । झाले भारतलाई सराप्नु बेकारको कुरा भएको टिप्पणी गरे ।

झाले काठमाडौँ यसो भनिरहँदा मधेसमा भने भारतले सिमानामै बाँध बाँधेको कारण नेपाली भूमि डुबानमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा ‘इण्डिया गो ब्याक’ भन्ने अभियान नै चलिरहेको छ ।

हेर्नुहोस सो कार्यक्रममा झाले गरेको सम्बोधनको भिडियो

Comments