काठमाडौँ । मनसुन सक्रिय भएसँगै निरन्तर वर्षाका कारण देशका विभिन्न खोला र नदीमा बाढी आइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कमल नदी, बागमती नदी र सप्तकोशी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ । महाशाखाका अनुसार सप्तकोशी नदी चतारामा शनिबार बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेको कारण सुनसरी र सप्ती जिल्लाका नदीतटीय क्षेत्रमा बेलकी सम्मै उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

त्यस्तै, धनुषा तिरिुया बाढी केन्द्रमा कमला नदीको जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको छ । त्यस क्षेत्रमा पनि वर्षा हुने क्रम जारी रहने देखिएकाले धनुषा र सिरहा जिल्लाको डुबान भइरहने तटीय क्षेत्रमा रहनेहरु दिनभर सुरक्षित स्थानमा जान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै, कमला नदी पनि उच्च खतराको स्थितिमा रहेको छ । त्यस्तै, बागमती नदीमा पनि जलसतह खतराको तहभन्दा माथि रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यसैबीच शनिबार पनि देशका धेरै ठाउँमा हुरीबताससहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मनसुनी न्यूनचापिय रेखामा न्यूनचापीय क्षेत्र पनि मिसिएपछि बिहीबार रातिदेखि नै मध्य र पूर्वका धेरै ठाउँमा हुरीबताससहित निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली पश्चिमसम्म नै फैलिएकाले शनिबार पश्चिमी तराईमा पनि ठूलो पानी पर्ने सम्भावना छ ।

शनिबार भने लगातार झरी भने नपर्ने उहाँको अनुमान छ । तर पनि धेरै ठूलो पानी पर्ने देखिएकाले पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा पहिरो खस्ने तथा मध्य, पूर्व र पश्चिमको तराई क्षेत्रका नदीमा ठूलो बाढी आउँने भएकाले सजग भने हुनुपर्ने मौसमविद् श्रेष्ठको भनाइ छ ।

Comments