रौतहट । चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्णरुपमा डुबानमा परेको छ । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । बकैया र बागमतीको बाँध ठाउँठाउँमा भत्किँदा बाढीको पानि बस्तिमा प्रवेश गरेको हो। निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानि बस्तिमा प्रवेश गरेपछि करिव एक हजार भन्दा बढी घर भत्केका छन्। बाग्मती र लाल बकैया नदीका बाँध विभिन्न स्थानमा फुट्दा सयौं परिवार विस्थापित भएका छन् भने जिल्लाका सबै सडक सञ्जाल पूर्णरुपमा विच्छेद भएको छ ।

सदरमुकाम गौरको पूर्व र पश्चिम दुवैतर्फ रहेका दुई ठूला नदीहरुमा जलस्तर बढ्दो क्रममा रहेपछि स्थानीय त्रसित छन् । भारतीय पक्षले लालबकैया र बागमतीलाइ जोडेर करिव २५ फिट अग्लो तटबन्ध दशगजामा निर्माण गरेपछि पानि थुनिएर सदरमुकाम गौर डुवानमा परेको हो। गौर सदरमुकाममा करिव एक तत्ला डुव्ने गरी बाढी पसेको छ। जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी यूनिट समेत डुबानमा परेका छन् । गौरमा रहेका सुरक्षा निकायका कार्यालय तथा ब्यारेकहरु समेत डुब्दा उद्दार टोली परिचालनमा कठिनाइ भएको छ ।

Comments