महोत्तरी : पूर्वपश्चिम राजमार्ग अन्तरगत महोत्तरीको भब्सी खोलाको पुल बाढीले बगाएपछि यातायात अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण भब्सी खोलामा बाढी आएर पुल बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । अन्नपूर्ण पोस्टमा खबर छ ।  शुक्रबार राती करिब १२ बजे बाढीले पुल बगाएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निसन थापाले जानकारी दिए ।राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

यो पनि पढ्नुहोस : वैकल्पिक पक्की मोटरेवल पुल निर्माण : पोखरा महानगरपालिका वडा नं ३ र ११ जोड्ने गरी नारायणथान मन्दिरस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माण गरिएको छ ।पृथ्वीराजमार्ग हुँदै गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने तथा यहाँबाट बाहिर जानका लागि वर्षौंअघि निर्माण भएका पुलको विकल्पको रुपमा सो पुल निर्माण गरिएको हो । स्टिल ट्रष्टबाट निर्मित आर्क ब्रिजको सम्पूर्ण काम सम्पन्न भएर सो पुल हुँदै शुक्रबारबाट यातायातका साधन सञ्चालनमा आएको वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले बताउनुभयो ।

पोखरा नजिकका ग्रामीण भूगोललाई मुख्य राजमार्ग र शहरसँग जोड्न र यातायातको सम्पर्क स्थापित गर्न पनि पुल निर्माणबाट मद्दत पुगेको छ । यसअघि पृथ्वीचोक र महेन्द्रपुलमा रहेका पुलको क्षमता सवारी चापको तुलनामा कमजोर हुँदा लामो समय ट्राफिक जामको समस्या सर्वसाधारणले भोग्दै आएका थिए ।

यसका साथै सो पुल हुँदै यहाँको मणिपाल शिक्षण अस्पताल पुग्नको लागि समेत सहज बनेको छ भने बजारको ट्राफिक व्यवस्थापनमा पनि सहज हुने विश्वास गरिएको छ । सडक विभागअन्तर्गतको केन्द्रीय पुल महाशाखाको रु ११ करोड २५ लाख लागतमा पुल निर्माण गरिएको हो ।

Comments