पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । गए राति १ः३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक पूरै पानीमा डुबेको र नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्सिनुहोस : ङ्गो बस्तीमा झाडापखाला : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित अर्चलेको सिङ्गो बस्तीमा झाडापखालको प्रकोप फैलिएको छ । साविक सिद्देश्वर गाविसको वडा नम्वर २ र ३ अर्चलेका एउटै खानेपानीको मुहान प्रयोग गर्ने सबै स्थानीयवासी झाडापखालाका बिरामी बनेका हुन् ।

तल्लो घाटाखोलाको पानी प्रयोग गर्ने सबै ५३ जनामा झाडापखाला फैलिएको हो । रैनादेवी छहरा गाउँपालिका–१ का वडाध्यक्ष सोमबहादुर दर्लामीका अनुसार दूषित पानीका कारण झाडापखालाबाट बिरामी परेका हुन् । दुई जनाको बिरामी तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । केही बिरामीको गुल्मी क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको वडाध्यक्ष दर्लामीले बताउनुभयो ।

चार दिनदेखि पखाला, बान्ता, ज्वरो आउने लक्षण बिरामीमा देखिएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार गराए पनि झाडाबान्ताका बिरामी बढ्दो छन् । जिल्ला अस्पताल पाल्पाका चिकित्सक गगन अधिकारीको नेतृत्वमा छ स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । शुक्रबार ५ बजेसम्म ३० जनाको स्वास्थ्य परीक्षण गर्ने काम सम्पन्न भएको महामारी नियन्त्रण पाल्पाका फोकलपर्शन ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।

चार दिनदेखि झाडाबान्ताग्रस्त बने पनि स्वास्थ्य कार्यालय, रैनादेवी छहरा गाउँपालिकाको बेवास्ताका कारण समयमा उपचार पाउन नसक्दा थप समस्या हुन पुगेको स्थानीयवासीको गुनासो रहेको छ । जिल्लाको स्वास्थ्यको टोलीमा जनप्रतिनिधि, प्रहरी अहिले प्रभावित क्षेत्रमा पुगेर बिरामीको उद्धारमा जुटेको वडाध्यक्ष दर्लामीले बताउनुभयो ।

Comments