नयाँदिल्ली : भारतको मध्यप्रदेशसको सबैभन्दा ठूलो सरकारी अस्पताल महाराजा यशवन्तराव अस्पतालमा दुई बिरामीलाई एकै बेडमा राखिएको समाचारले भारतमा चर्चा पाएको छ । उक्त भिडियो भाइरल नै बनाइएको छ । ‘एक्स रे’को लागि दुई बिरामी बेड शेयर गर्न बाध्य भएका हुन् । जब कि, ती बिरामी एक महिला र एक पुरुष हुन् । साथै एकआपसमा अपरिचित थिए उनीहरु ।

खंडवा जिल्लामा बस्दैआएकी संगीता नाम गरेकी बिरामी १२ दिनअघि दुर्घटनामा घाइते भएपछि अस्पताल भर्ना भएकी थिइन् । दायाँ खुट्टा भाँचिएपछि उनलाई अर्थोपेडिक विभागमा भर्ना गराइएको थियो । संगीताका श्रीमानका अनुसार उनलाई चिककित्सकीय परीक्षणको लागि पुरुष बिरामीसँगै बेडमा राखिएको थियो । तर उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल नै बनाइएको छ ।

भिडियो भाइरल भएपछि अस्पतालका अधिकारीहरुले दोषीलाई कारवाही गर्ने जनाएका छन् । अहिले यहाँ डाक्टर, नर्स, कर्मचारीलगायत हार्डजोर्नी विभागको तर्फबाट विज्ञप्ति नै जारी गरिएको छ । साथै दोषीमाथि कारवाही गरिने अधिकारीले बताएका छन् । यसबारे चिकित्सक, कर्मचारीहरुसँग स्पष्टिकरण पनि लिने बताइएको छ ।

Comments