काठमाडौं : राजधानीको सामाखुसीबाट एक लाख रुपैयाँ घुससहित चारजना प्रहरी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार सामाखुसीस्थित एउटा मिठाई पसलबाट एक लाख रुपैयाँ घुससहित चारजना प्रहरी रंगेहात पक्राउ परेका हुन्।

घुस लेनदेन भइरहेको जानकारी पाएपछि पुगेको अख्तियारको टोलीले छापा मारेर ट्राफिकका तीनजना र दुई नम्बर गणका एकसहित चारजना प्रहरी जवानलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रहरीको नाम खुलाइएको छैन। उनीहरुले बिम रकम दाबीका लागि सवारी दुर्घटना प्रमाणित गर्न कागजात बनाइदिन एकजना सेवाग्राहीबाट उक्त घुस लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी कोइरालाले थाहाखबरलाई दिएका छन्।

पाल्पा–बुटवल सडक सञ्चालन : वर्षापछि आएको पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त सडकखण्ड पहिरोले बिहीबारदेखि अवरुद्ध थियो ।सिद्धबाबा नजिकै तथा केराबारी क्षेत्रमा पहिरो खसेपछि यायात अवरुद्ध बनेको थियो । डोजर लगाएर पहिरो हटाएपछि दुईतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरो खस्दा जिल्लाका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ । यातायात बन्द भएपछि यात्रु मारमा परेका छन् ।

यस्तै सदरमुकाम तानसेनदेखि रामपुर जोड्ने आर्यभन्ज्याङ–रामपुर सडकखण्डको विभिन्न भागमा पहिरो खसेपछि सवारीसाधन सञ्चालन हुन सकेको छैन । सो सडकखण्डको बेलडाँडा, बासुका, बिरकोट, ताहुँलगायत पहिरो खसेको छ । रामपुर हँुदै तनहुँको भिमाद जोड्ने भीमकाली लोकमार्ग हिलाम्य हुँदा यात्रा कष्टकर बनेको छ । उक्त सडक भएर रामपुरदेखि काठमाडौँ, पोखरा, भिमाद र नारायणघाट जाने यात्रु बाटोमै अलपत्र छन् ।

यस्तै रामपुर हुँदै नवलपुरको डेढगाउँ, दलदले र कावासोती जोड्ने सडक हिलाम्य भएको छ । यात्रु गन्तव्यसम्म पुग्न समस्या भएको रामपुर यातायात व्यवसायी समितिका अध्यक्ष राजन पोखरेलले जानकारी दिनुभयो । अहिले डोजर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको जब्गादी प्रहरी चौकीले जनाएको छ । सडक हिलाम्य हुँदा रामपुर भएर विभिन्न ग्रामीण भेगतर्फ गएका सवारी साधनबीच बाटोमै थन्किएका छन् ।

प्रहरी तस्बिर फाइल

Comments