बिहीबारदेखि आएको अविरल वर्षाका कारण राजधानीका बिभिन्न स्थानहरुमा पानीले बितण्डा मच्चाएको छ। काठमाडौँकै विभिन्न भागमा बाढी आएको छ त्यसमा फसेका मानिसहरुको उद्धार गर्न यतिबेला विपद व्यवस्थापनका नेपाली सेना नेपाल प्रहरी सहितको टोली खटिएको छ ।

काठमाडौँको कुलेश्वरको ओरेन्टल कोलोनी डुबानमा परेपछि सुरक्षाकर्मीले डुंगाको प्रयोग गरेर घरबाट नागरिकको उद्धार गरेका छन्। बाढीले आफ्ना घरभित्रका सरसामान बगाएर लगेको बाढी प्रभावितले बताएका छन्। त्यो क्षेत्रमा अहिले जनता निकै त्रसित भएका छन्।

हेर्नुहोस सोहि क्षेत्रमा हामीले कैद गरेको यो भिडियो दृश्य

Comments