एजेन्सी – एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिज्मन अन्तत: क्याटलान क्लब बार्सिलोना क्लबमा भित्रिएका छन् । ग्रिज्मनका वकिलले ला लिगाको मुख्यालयमा शुक्रबार सम्झौतामा तोकिएअनुसारको रिलिज क्लज बराबरको रकम तिरेका छन् ।यससँगै लामो समयदेखि ग्रिज्मन बार्सिलोना जाने प्रक्रिया पूरा भएको छ । यसअघि बार्सिलोनाले ग्रिज्मनको रिलिज क्लजको रकम किस्ताबन्दीमा तिर्ने प्रस्ताव राख्दा एटलेटिकोले निराशा व्यक्त गर्दै विज्ञप्ति नै जारि गरेको थियो । शुक्बर रिलिज क्लब तिरेपछि बार्सिलोनाले ग्रिज्मनलाई अनुबन्ध गर्न सबै बाधा फुकेको छ ।

बार्सिलोनाले आइतबार ग्रिज्मनलाई समर्थकमाझ प्रस्तुत गर्ने बुझिएको छ । यद्यपि अन्य खेलाडीझैं उनलाई सार्वजनिक गर्ने कार्यक्रममा थप सुरक्षा कडाइको लागि क्लबले आव्हान गरेको छ । ग्रिज्मनले एटलेटिको छाड्दा गरेको व्यवहारलाई कतिपय बार्सिलोना समर्थकले पनि रुचाएका छैनन् । गतवर्ष बार्सिलोनाले औपचारिक प्रस्ताव राखेको अवस्थामा ग्रिज्मनले नकारेपछि पनि केहि समर्थक रुष्ट भएका थिए । ग्रिजम्यानलाई अनुबन्ध गर्दा बार्सिलोनाले ‘बाइआउट क्लज’को १२० मिलियन युरो तिर्नेछ । रियल सोसिडाडबाट २०१४ मा एथ्लेटिको मड्रिडमा आएका ग्रिजम्यानले २५६ खेलमा १३३ गोल गरेका छन् ।

Comments