काठमाडौं । तरकारी विषादी परिक्षणमा सरकार भारतीय पक्षसँग लम्पसार परेको  भन्दै तत्काल तरकारी परिक्षण हुनुपर्ने माग गर्दै आजको झरीमा पनि सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले केहि समयदेखि राजधारनीमा प्रर्दशनका कार्यक्रमहरुलाई व्यापक बनाउँदै आएको छ ।

मन्त्रिपरिषदले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी नेपाल भित्रन दिने निर्णय गरेपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो। यसअघि तरकारी जुलुस, मसाल जुलुसजस्ता कार्यक्रम गरिसकेको नेविसंघले आज माइतीघर मण्डलमा यस्तो अविरल वर्षाका बावजुत पनि प्रदर्शनमा उत्रिएको हो ।

शान्ति मिशनका प्रहरीको बिदाइ : संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानस्थित अनामिड मिशनमा जाने प्रहरी टोलीलाई आज बिदाइ गरिएको छ । प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले आज शान्ति मिशनमा जाने प्रहरी कर्मचारीलाई बिदाइ गर्नुभएको हो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले प्रहरीले मिशनमा खटिँदा बनाएको छविलाई कायम राख्दै सङ्गठनको नीतिअनुरुप कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

उहाँले मिशनमा रहँदा पालना गर्नुपर्ने अनुशासन र कार्यहरुका बारेमा समेत जानकारी गराउनु भएको थियो ।उक्त मिशनमा नौ प्रहरी नायब उपरीक्षक, तीन प्रहरी निरीक्षक गरी १२ जना प्रहरी अधिकृतहरु यही असार २९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Comments