कञ्चनपुरमा आज गुडिरहेको स्कूल बसमाथि रुख खस्दा दुई विद्यार्थी घाइते भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा विद्यार्थी बोकेर गुडिरहेको बसमाथि अचानक सालको रुख ढलेको थियो । शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख खसेको प्रहरीले जनाएके छ । रुखले च्यापेर बसमा क्षति पुगको छ भने दुई बालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अनिरुद्र माध्यमिक विद्यालयको बस वनसमितिबाट सिमलफाँटातिर विद्यार्थीलाई छाड्न गइरहेको थियो ।

बसमा सवार २ जना विद्यार्थी सामान्य घाइतेको उपचार भइरहेको शुक्लाफाँटा नगरपालिका–१ का वडा सदस्य परमानन्द जोशीले जानकारी दिए । घटनापछि उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘सडक छेउछाउका रुखहरूको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जाओस् ।’सिमलफाटा तिर विद्यार्थी छोड्न गईरहेका वेला अकस्मात रूख वस माथि खसेको कञ्चनपुर प्रहरीले पुष्टि गरेको छ ।

Comments