भारतमा एक किशोरले गरेको बहादुरीको अहिले विश्वभर चर्चा भइरहेको छ । घटना केही अघिको भएपनि अहिले सामाजिक सञ्जालमा सो घटना र तस्बिर भाइरल भएको छ । भारतको सोनितपुर जिल्लाको मिस्सामारी गाउँमा एक ११ वर्षीय बालकले देखाएको बहादुरीले विश्वभर चर्चा पाएको हो ।उत्तम ताटि नाम भएका यी बालकले नदीमा डुबेका आमा र उनकी छोरीहरु बहादुरी पुर्वक बचाएका छन् ।

यो घटना ७ जुलाईको भए पनि अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भइरहेको छ । जिल्ला कलेक्टर लाख्या ज्योतिले सो घटनाको पुष्टि गरेकी छन् । उनले भनिन् हामीले डिप्टी कमिश्नरसँग कुरा गरेका छौं । उत्तमलाई राष्ट्रीय स्तरमा बहादुरी पुरस्कार दिनको लागि योग्य मानियोस् ।’

कलेक्टर लाख्याका अनुसार गएको ७ जुलाईमा एक महिला आफ्ना दुई सन्तानसँगै नदी पार गर्ने क्रममा थिइन् । जबजब उनी बच्चा लिएर नदिको बीच तिर गईन तब पानीको बहाब पनि बढ्दै गयो । महिलाले आफुलाई र बच्चाहरुलाई सम्हाल्न सकिनन् । त्यही बेला आफ्नो परवाह नगरी यी बालकले नदीमा हाम फालेर आमा र सन्तान सबैको ज्यान बचाउन सफल भएका थिए । यो घटना भारत आसाम राज्यको हो ।

Comments