काठमाडौँ – अविरल वर्षाका कारण घर भत्किँदा काभ्रेमा दुई जनाको निधन भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको बनेपा नगरपालिका ३ नाला भन्ने ठाउँमा मािथबाट खसेको पहिरोले घर थिच्दा रामप्रसाद दंगालकी श्रीमती गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको निधन भएको छ । निधन हुनेमा ५० वर्षीया गोमा दंगाल र नातिनी ७ वर्षीया सोहनी दंगाल रहेका छन् । घर भत्कदाँ अन्य तीन जना घाइते भएका छन् ।

यो पनि पढ्नुहोस : सिस्नेरी सडक अवरुद्ध : हिजो रातिदेखि परेको अविरल वर्षाको कारण हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली हँुदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा २०० मिटरसम्म सडक पहिरोले पुरिएको र सो सडकको पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ ।

यसैगरी फाखेल फर्पिङ भएर काठमाडौँ जाने सडकखण्डमा इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोलामा आएको पहिरोले सडक अवरुद्ध भएको छ । सो सडक खुलाउने प्रयास भइरहेकोे फाखेल प्रहरी चौकीले जानकारी दिएको छ । त्रिभुवन राजपथको हेटौँडा काठमाडौँ सडक यातायात भने सञ्चालनमा रहेकोे जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

Comments