काठमाडौं । यति एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चिप्लिएर सामान्य दुर्घटनामा परेको छ । नेपालगञ्जबाट आएको विमान अवतरणका क्रममा बिहान ११ बजेर ६ मिनेट जाँदा धावनमार्गमा चिप्लिएको हो । एटीआर–७२ विमानमा चालक दलका सदस्यसहित ७० जना यात्रु सवार थिए । दुई जना यात्रु घाइते भएका छन् ।

धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ। प्रवक्ताका तिवारीका अनुसार अहिले आपतकालीन संयन्त्रलाई सुचारू गरेर उद्धार कार्य भइरहेको बताए। रनवे मा दमकल तथा एम्बुलेन्स देखिएको छ। थप विवरण आउन बाँकी छ। तस्बिर अन्नपूर्ण

Comments