अभिनेत्री शिल्पा पोखरेलले आफ्नै श्रीमानबाटै असुरक्षित भएको भन्दै भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो । पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले सुरक्षा पाऊँ भन्दै उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको उजुरीबारे बुझ्ने क्रम जारी रहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ ।  असार ८ गते बिहान १० बजेको थियो, म दुईजना साथीसँग ‘कबिर सिंह’ फिल्म हेर्न जान्छु भनेर छवीजीलाई भनिरहेकी थिएँ। त्यो पनि नाइट शो होइन, बिहान ११ बजेको शो।

फिल्म हेर्न जान्छु भन्ने बित्तिकै उहाँले मलाई सोध्नुभयो, ‘को-को जान लागेको?’ जवाफमा मैले विनिता दिदी र उहाँको मामाको छोरीसँग जान लागेको जानकारी दिएँ। ल, ठिकै छ भन्दै हुनुहुन्थ्यो, त्यतिबेलै उहाँको मोबाइलमा कसैको फोन आयो, एक्कासी अनुहारको रङ बदलियो।

उहाँले फोन काट्नुभयो अनि सोध्नुभयो, ‘तँ नगएको भए कोसँग जान्थ्यो तेरो साथी?’ म गएको भएपनि, नगएको भएपनि ऊ उसको मामाको छोरीसँग जान्थ्यो होला। त्यो तपाईंले सोध्ने कुरै होइन नि भनेर मैले भनेँ। ‘को कोसँग जान्छ भनेर किन सोध्या? बरु तपाईंको प्लान के छ त्यो भन्नु न,’ मैले भनेँ। बाँकि सम्पूर्ण कुरा थाहा पाउनको लागि तल भिडियोमा हेर्नुहोस उनको पिडा :

Comments