बाजुराको त्रिबेणी नगरपालिका वडा नं ९ पैंमाको पहिरो खस्ने क्रम जारी छ। पहिरोकै कारण बूढीगंगा नदी थुनिँदै आएको छ। बुधबार साँझबाट निरन्तर झरी परेका कारण पहाड खस्ने क्रम बढेको छ। बूढीगंगा नदी थुनिँदा नदीकिनार आसपासका जनता त्रसित छन्। साँफे–मार्तडी सडक खण्ड अवरुद्ध हुने त्रासले लामो तथा छोटो दूरीका यातायातका साधन बल्देमै रोकिएका छन्। सडक तलबाट पहिरो जान थालेकाले बस बल्देमै रोक्नुपरेको बस व्यवसायीले बताए। बल्देबाट सदरमुकाम मार्तडीसम्म करिब १७ किलामिटर बाटो साना सवारीसाधान प्रयोग गर्नुपर्ने अवस्था आएको छ।

वर्षात्का कारण मार्तडीदेखि ताप्रिसेरासम्म पहिरोका ढिस्का खसेको छ। ढुंगा माटो पन्छ्याउँदै यातायातका साधन पास भएका छन्। सदरमुकाम मार्तडी आउने यातायातभन्दा बढी सदरमुकाम छोडेर सुरक्षित सडक क्षेत्रमा जाने यायातका साधानको संख्या बढी देखिन्छन्। सदरमुकाम मार्तडी माथितिर चल्ने यातायातका साधान पनि बुधबारदेखि बन्द भएका छन्। सुदूरपश्चिमकै सुप्रसिद्ध तीर्थस्थ बडिमालिका जाने मूलबाटो पहिरोमा परेको छ भने करोडौं मूल्य बराबरको वन–जंगल नाश भएको छ।

वर्षात्का कारण मार्तडीदेखि ताप्रिसेरासम्म पहिरोका ढिस्का खसेको छ। ढुंगा माटो पन्छ्याउँदै यातायातका साधन पास भएका छन्। सदरमुकाम मार्तडी आउने यातायातभन्दा बढी सदरमुकाम छोडेर सुरक्षित सडक क्षेत्रमा जाने यायातका साधानको संख्या बढी देखिन्छन्। सदरमुकाम मार्तडी माथितिर चल्ने यातायातका साधान पनि बुधबारदेखि बन्द भएका छन्। सुदूरपश्चिमकै सुप्रसिद्ध तीर्थस्थ बडिमालिका जाने मूलबाटो पहिरोमा परेको छ भने करोडौं मूल्य बराबरको वन–जंगल नाश भएको छ। नेपाल समाचार पत्रमा खबर छ ।

Comments