काठमाडौं । गुपचुप बिहे गरी सँगै बसेका फिल्म निर्माता छविराज ओझाविरुद्ध उनकी चौथो पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसासम्बन्धी उजुरी प्रहरीमा दर्ता गराएकी छन् ।महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा पोखरेलको उजुरी परेपछि सो सम्बन्धमा छलफलका लागि विहिवार दुवैजना प्रहरी कार्यालय पुगेका थिउ । अभिनेत्री रेखा थापासँग डिभोर्स भएपछि ओझाले पोखरेलसँग ०७३ को दशैंमा बिहे गरेका थिए ।

तर सो विवाह गुपचुप राखिएको थियो । ६ महिना अघि मात्र ओझा र पोखरेलले विवाह दर्ता गराएको पोखरेल निकटले बताएका छन् । अहिले शिल्पा आफुले दाजु मानेका फोटोपत्रकार रौनियारको आश्रयमा छन् । रौनियारले छविले शिल्पा माथि घरेलु हिँसा गरेको बताएका छन् । त्यसअघि नै ओझाले पोखरेललाई निर्मात्री राख्दै फिल्म पनि बनाएका थिए ।ओझासँग पोखरेलको केही महिनादेखि खटपट चलिरहेको थियो । सोही खटपटका बेला ओझाकी पूर्वपत्नी रेखा थापासँग शिल्पाको निकटता बढेको बताइएको छ । उनीहरु दुवै जनाले छविको बारेमा एकअर्कालाई कुराकानी शेयर गर्ने गरेका थिए ।

शिल्पाले आफूलाई हुने गरेको हिंसासम्बन्धी जानकारी पनि रेखालाई दिने गरेको बताइन्छ । थापाको सल्लाहमा नै प्रहरीमा उजुरी दिने निर्णयमा पोखरेल पुगेको अड्कल काटिएको छ । छविले पोखरेललाई ‘लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए । मंगलम, हवल्दार सुन्तलीलगायतका फिल्ममा पनि पोखरेलले अभिनय गरिन्, जुन ओझाकै व्यानरमा निर्माण भएको थियो ।यसैबीच पोखरेलले ओझासँग डिभोर्स माग गरेकी छन् । सँगै बस्न नसक्ने भनी डिभोर्स मागेका कारण ओझाले आफूलाई घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी पुगेको बताइन्छ ।

Comments