काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलसंग चौथो विवाह गरेका फिल्म निर्माता छविराज ओझाको यो विवाह पनि धरापमा पर्न थालेको छ । घरेलु हिंसाको शिकार भएको भन्दै चौथो श्रीमती शिल्पा पोखरेलले प्रहरीमा उजुरी दिएकी छन् । केही समय अघि मात्र औपचारीक विवाह गरेका शिल्पाले आखिर किन प्रहरीमा उजुरी दिइन् ? शिल्पाका आफन्तका अनसार छवीले शिल्पालाई कानमा भित्रि चोट पुग्नेगरी हातपात गरेका थिए । उनको कानको जालीमा समस्या भएको छ ।

त्यसपछि उनले श्रीमानवाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिइन् । विहिवार महानगरीय प्रहरी महाशाखाले उनीहरुलाई बोलाएर छलफल गरायो । शिल्पाले धेरै कुरा पत्रकार सामु बोलिनन् तर छवीले घरभित्रको कुरा बाहिर ल्याउन नपर्ने भन्दै प्रतिकृया दिए । शिल्पासंग छवीको चौथो विवाह हो । शिल्पासंग विवाह गर्नु अघि छवीले रेखा थापासँग विवाह गरेका थिए । रेखासँग सम्बन्ध विच्छेद भएपछि उनले शिल्पासंग विवाह गरेका हुन् । उनीहरु केही वर्ष विवाह नगरी संगै बस्दै आएका थिए । ६ महिना अघि मात्र उनीहरुले विवाह दर्ता गराएका छन् ।

रेखासंग पनि विवाह गर्नु अघि छवीले हेमा र गिताञ्जली सुनुवारसँग पनि विवाह गरेका थिए । हेमा र रेखाले छविसँग सम्बन्धविच्छेद गरेका थिए भने गिताञ्जली सुनुवारले आत्महत्या गरेकी थिइन् । गिताञ्जलीले आत्महत्या गर्नुको पछाडीको कारण पनि रहस्यमी छ । छवीको चौथो विवाहसम्म आइपुग्दाको उनको जिवनको नालीबेली जान्नुस् यो भिडियोमा

Comments