सुर्खेत, २६ असार । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका अध्यक्ष शिखर पहाडी हिमशिखर लाई पक्राउ गरेको छ । सरकारले विप्लवका गतिविधिलाई प्रतिबन्ध लगाएपछि धरपकड कायम राखेको छ । चौकुने गाउँपालिका ९ सुर्खेत निवासी शिखर पहाडीलाई प्रहरीले पक्राउ गरेको हो । उनी विप्लव समूह निकट भातृ सङ्गठन युथफोर्सका अध्यक्ष हुन् । उनलाई बुधबार राति वीरेन्द्रनगर नगरपालिका ११ पिपिरा सुर्खेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

विशेष सूचनाका अधारमा सुर्खेत पिपिरा नजिकैको क्षेत्रमा शङ्कास्पद शिखरलाई प्रहरीले जाँच शुरु गरेपछि उनले प्रहरीसँग वादविवाद गरेका थिए । विवादको क्रममा उनलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा शिखर विप्लवका कार्यकर्ता ठहर भएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । उनी युथफोर्र्सको अध्यक्षको साथै युवा सङ्गठन भेरी कर्णाली ब्यूरोको सदस्यसमेत भएको जनाइएको छ ।

Comments