एजेन्सी । पूर्वप्रेमिकाको जन्मदिन पार्टीमा वर्तमान प्रेकिकाका साथ सहभागी भए पछि अहिले बलिउड अभिनेता सलमान खानको फेरी एकपटक चर्चा सुरु भएको छ । जुलाई ९ तारिखमा सलमान खानकी पूर्व प्रेमिका संगिता बिजलानीको जन्मदिन थियो । उनले आफ्नो जन्मदिन मनाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिन् । सो तस्बिरमा सलमान खान पनि वर्तमान प्रेमिकाको साथमा देखिए । त्यसपछि उनको फेरी एक पटक चर्चा सुरु भएके छ । संगिताले साथीभाइसँग धुमधामसँग आफ्नो ५४ औं जन्मदिन मनाएकी थिइन् । पार्टीमा सलमान खान र उनकी कथित प्रेमिका युलिया भन्तुरलाई पनि संगै देखिएको हो ।

तस्बिरमा सलमान खान, युलिया भन्तुर, मोहनीश बहल, निर्माता साजिद नाडियाडवाला र उनकी श्रीमती वर्धा नाडियाडवाला देखिएका छन् । संगिता निलो पहिरनमा सुन्दर देखिएकी छिन् ।

स्मरण रहोस्, ८० र ९० को दशकमा सलमान खान र संगिता बिजलानीको अफेयरको चर्चाले बलिउड बजार निकै तात्तिने गर्दथ्यो । उनीहरुको विवाहको कार्डसमेत छापिइसकेको पनि बताइन्छ । तर विवाह अघि नै उनीहरुको सम्बन्ध टुटेको खबरमा उल्लेख छ । तर ब्रेकअपपछि पनि सलमान खान र संगिता बिजलानी बीच निकै राम्रो सम्बन्ध छ ।

सलमान खानकी पूर्व प्रेमिकाको जन्मदिनको पार्टीमा उनकी प्रेमिका युलिया भन्तुरको पनि उपस्थिती रह्यो । यसअघि पनि सलमान खानको जन्मदिनको पार्टीमा संगिता र युलियालाई सँगै देखिइसकिएको छ । आजकाल सलमान र युलियालाई डेट गरिरहेको खबर छ । यद्यपि, दुईले आफ्नो सम्बन्धलाई स्विकारेका भने छैनन् ।

Comments