काठमाडौं, २६ असार । लोकसेवा आयोगले निकालेको विज्ञापनको विरुद्ध उत्रिएको नेपाल आदिवासी जनजाति महासंघले नेपाल बन्द लगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।  विज्ञापन खारेज गर्न माग गर्दै आरक्षण बचाऔ आन्दोलन थालेको महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । ग

संघिय गणतन्त्र नेपालको संविधान बिपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्मविपरीत लोकसेवा आयोगले विज्ञापन निकालेको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो । संविधानप्रदत्त आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर, आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर’लगाएतका नारा महासँघले उठाएको छ ।

महासंघले असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस, असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन, साउन २ र १० गते नेपाल बन्द घोषणा गरिएको छ ।

यस्तो छन्र आन्दोलनका कार्यक्रमहरु
२०७६ असार २८ गते प्रचार-प्रसार र पर्चा वितरण काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूमा ।
२०७६ असार २९ गते साँझ मसाल जुलुस काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३० गते साँझ सिठ्ठी जुलुस काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३१ गते उपत्यकाको विभिन्न ठाउँहरूबाट जुलुससहित विशाल जनप्रदर्शन माइतीघर मण्डला र देशैभर ।
२०७६ साउन २ र १० गते नेपाल बन्द ।

Comments