प्रतिपक्ष नेपाली कांग्रेस प्रति सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल वास्कोटा निकै आक्रामक रुपमा प्रस्तुत भएका छन् । विहिवारको नियमित पत्रकार भेटघाट कार्यक्रममा सञ्चारमन्त्री वास्कोटा आक्रामक रुपमा प्रस्तुत भएका हुन् । उनले सरकार र विप्लवका गतिविधि प्रति कांग्रेसको स्पष्ट धारणा माग गरेका छन् । सरकारले विप्लव समूहको हिंसालाई रोक लगाएको विषयमा कांग्रेसले दिएको प्रतिकृयालाई सरकारका प्रवक्ताले चर्काे विरोध गरेका हुन् ।

उनले हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई कांग्रेसले एउटै नजरले हेर्ने गरेको बताए । उनले सरकार र विप्लवलाई हेर्ने नजरका कांग्रेसको स्पष्ट हुनुपर्ने बताए ।बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने ‘हिंसाबारे कांग्रेसको धारणा के हो ? बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?’ भोजपुरमा भएको घटनाप्रति कांग्रेसले विरोध गरेको थियो ।

भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै उनले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने कुरा काँग्रेसले बुझ्नुपर्ने बताए । उनले भने दिनभरि वीपी रातभरि विप्लव हो ? ’हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्ने विप्लवको योजनामा काँग्रेस पनि सहयोगी बन्न खोजेको उनको आरोप थियो ।

Comments