फिल्म निर्माता छविराज ओझाको चौथो वैवाहिक जीवन पनि धरापमा परेको छ। २०७३ सालमा गुपचुपरुपमा आफैले सिनेमामा भित्र्याएकी नायिका शिल्पा पोखरेलसँग उनले गोप्य रुपमा विवाह गरेका थिए। लामो समयको प्रेम सम्बन्धपछि वैवाहिक जीवनमा बाँधिएको यो जोडीको सम्बन्धमा एकाएक दरार आउनुको कारण छवि आफैँ हुन्। शिल्पाले आफूमाथि कुटपिट भएको बताउँदै महानगरीय प्रहरी परिसरमा उजुरी दिएकी छन्। उनले छविको कुटाइबाट आफ्नो कानमा चोट लागेको बताइन्।

यो घटना १५ दिन अगाडि भए पनि बुधबार मात्रै सार्वजनिक भएको हो। शिल्पाले श्रीमाले आफूमाथि घरेलु हिंसा गरेका आरोप लगाएकी छन्। शिल्पासँग विवाह गर्नुपूर्व छविले तीन विवाह गरेका थिए। यसअधिका तीन श्रीमतीमध्ये रेखा थापा र हेमाले सम्बन्ध बिच्छेद गरे भने गितान्जली सुनुवारले आत्महत्या नै गरिन्। यसरी हेर्दा छविको पारिवारिक जीवन र श्रीमतीसँग सम्बन्ध खासै सुमधुर रहेको पाइँदैन। हामीले यसै सन्दर्भमा उनको विगत केलाउने प्रयास गरेका छौँ तलको भिडियोमा पुरा हेर्नुहोला

Comments