काठमाडौं, २६ असार । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्षलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको छ । सरावलको बासाबसही चोकबाट बुधबार साँझ ५.३० बजे अखिल क्रान्तिकारीका अध्यक्ष सारदा भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी भण्डारीलाई अहिले जिल्ला प्रहरी परासीमा राखिएको प्रहरीले जनाएको छ । कपिलवस्तु घर भइ राजनीतिक कार्यक्षेत्र नवलपरासीलाई बनाउदै आएकी उनी पछिल्लो समय विद्यार्थी राजनीतिमा सक्रिय थिइन ।

Comments