काठमाडौं, २५ असार । छबी ओझावाट आफुलाई असुरक्षा बढेको भन्दै अभिनेत्री शिल्पा पोखरेलले प्रहरीमा निवेदन दिएकी छन् । लामो समय देखि नजिक रहेका उनीहरुको औपचारीक विवाह भने भएको छैन । केही समय देखि उनीहरुबीच सम्बन्धमा चिसोपन आएको हल्ला बाहिरीएको थियो । अहिले भने शिल्पाले छविबाटै असुरक्षा भएको भन्दै उजुरी समेत दिएपछि उनीहरुबीचको सम्बन्ध छताछुल्ल भएको हो । छवी चलचित्र निर्माता हुन् भने उनी अभिनेत्रीको रुपमा कार्यरत छन् । केही समय अघि देखि उनीहरुबीच खटपट भएको थियो ।

पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भन्दै उजुरी दिएको प्रहरीले पुष्टि गरेको छ । उनले छबीलाई श्रीमान भनेर सम्बोधन गरेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले सो कुराको पुष्टि गर्दै घटना बुझ्ने काम भइरहेको बताएका छन् । प्रहरीका अनुसार दुवैजनालाई बोलाएर उजुरीबारे बुझ्ने क्रम चलिरहेको छ । प्रहरीले घटनाबारे बुझ्न छवी र शिल्पा दुवैजनालाई प्रहरी कार्यालय बोलाएको थियो ।

दुई वर्ष यता छबीद्धारा निर्मित फिल्मले ब्यापार पाएको छैन । जसका कारण छबीले फिल्म निर्माणमा कटौती गर्न थालेका छन् । दुई वर्ष अघि उनीहरुले फिल्म निर्माण गरेका थिए । त्यस अघि उनीहरुको ब्यानरमा फिल्म पनि बनेको छैन । बाहिरको ब्यानरमा शिल्पा फिल्म खेल्न मननपराउने तर आफ्नो ब्यानरले फिल्म निर्माणमा कटौती गर्न थालेपछि दुवैजना फुर्सदिला भएका थिए ।

दुई जना बीच २ बर्षदेखि नै सामान्य मनमुटाव शुरु हुँदै आएको थियो । १ बर्षदेखि यी जोडी खास बोलचालमा समेत नभएको जानकारहरुले बताएका छन् । सार्वजनिक कार्यक्रममा एकसाथ देखिने यो जोडी केही समययता संगै समेत देखिन छाडेका छन् । दुईबीचको उमेरको पनि निकै अन्तर छ । दुबैको सोच पनि एकसाथ मिल्न नसकेको कारण विवाद शुरु भएको उनीहरुलाई नजिकवाट चिन्नेहरुले भन्छन् । शिल्पा आमासँग बस्दै आएकी छन् । छविको घरमा शिल्पा नबसेपछि विवाद ठुलो हुँदै गएको थियो ।

यता लगातार फिल्म व्यापारमा घाटा लाग्दै गएपछि छविराजले फिल्म निर्माण भएको छैन । लगातार फुर्सदमा रहँदै आएका यो जोडी बीच घर सल्लाह तथा व्यवासायको बीचमा शुरु भएको विवादले ठूलो रुप लिएपछि शिल्पा न्याय खोज्दै प्रहरी परिसर काठमाडौं पुगेकी बताईएको छ ।

यस विषयमा दुबैको धारणा आउन बाँकी छ । सम्पर्कमा नआएकी यी दुईबीच प्रहरी परिसरले छलफल चलाईरहेका छन् । शिल्पाका पारिवारीक स्रोतका अनुसार उनी सम्बन्ध विच्छेद गर्न चाहन्छिन् । तर, छविराजले भन्ने सामान्य घर सल्लाहमा विवाद पहिलेदेखिनै भएको बताउँदै आएका छन् । अभिनेत्री रेखा थापासँग दोश्रो विवाह गरेका छविले सम्बन्ध विच्छेद गरेर शिल्पासँग तेश्रो विवाह गरेका हुन् । छविको पहिलो पत्नीबाट छोरा साकार ओझा रहेका छन् ।

Comments