सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर जनस्वास्थ्यमाथि खेलबाड गर्न खोजेको भन्दै चर्को बिरोध भैरहेको बेला नेकपा सचेतक शान्ता चौधरीले यसलाई पर्दाभित्रको षड्यन्त्रको रुपमा देखेकी छिन् । सत्तारुढ दल नेकपाका प्रभावशाली नेताहरुले सार्वजनिक असन्तुष्टी जनाइरहेका बेला चौधरीले आफ्नो फेसबुक वालमा आफ्नो विचार राखेकी छन् । पढ्नुहोस उनको फेसबुक स्टाटस जस्ताको तस्तै :

भारतबाट आयतित विषादीयुक्त तरकारी र फलफूलको विषयले अहिले निकै चर्चा पाएको छ । यस विषयलाई लिएर विभिन्न ढंगले विश्लेषण गरिएको छ र अनेकौं तर्क अगाडि सारिएको छ । यतिबेला सरकारलाई असफल बनाउने गिरोह पर्दाभित्र बसेर षड्यन्त्र रच्दैछ र जनतालाई भ्रमित पार्न कयौं नाजायज हर्कत गरिरहेको छ भन्ने बुझ्न कुनै गार्‍हो छैन । हिजो मस्त निन्द्रामा सुतेका धेरै जनहितका इस्युहरु आज बिउँझिएका छन ।

अहिलेको सरकारले विउँझाएको छ । जनतालाई थाहा नै नदिईकन छोपिएका विषयलाई सरकारले विर्को खोलेर छर्लङ्ग देखाई दिएको छ । जनता सुसूचित हुने मौका पाएका छन । चाहे त्यो भु माफियाद्धारा सार्वजनिक जग्गा लुटिएको सबाल होस वा अन्य भ्रष्टाचारको सबाल या अहिले चर्चा चलाईको भारतबाट आउने तरकारी र फलफूलको विषय नै किन नहोस सरकारले चालेका कदमका कारण सबैको आँखा खुलेको छ , चेतनाको ढोका उघारिएको छ ।

अतिक्रमित सरकारी जग्गालाई सरकारीकरण गर्ने निर्णय गर्छ सरकार, दलाल नकोरशाही पुँजीवाद षड्यन्त्रमा उत्रन्छ , प्रतिपक्ष विषयलाई अतिरञ्जित गर्छ ।सरकार जब सपनालाई जगाउँदै संमृद्धिको यात्रा थाल्छ ,प्रतिपक्ष तगारो हाल्छ । त्यसैले नेपाली जनतालाई सुखी बनाउने सरकारको अभियान र यसलाई असफल बनाउन खोज्ने परिवर्तन विरोधी तत्व बिचको चर्को टकराव भएको समय हो यो ।देश हाँस्न पर्छ ,जनता सुखी भएर बाँच्न पर्छ ,सरकार खुट्टा नकमाई अगाडि बढ । सत्यले हार्न जान्दैन र मान्दैन पनि ।संसदमा उभिएर बोल्दै गर्दा मेरो जीवनशैलीलाई हेरेर मेरो पारदर्शीताको बारेमा पनि जनताले प्रश्न गरिरहेका छन र मैले जवाफ दिन पर्ने छ भन्ने पनि हेक्का गरौं ।

समयलाई पर्खेका छौं ,वाक कलाले छोपिएका कसैका कर्तुतहरु समयले देखाई दिने छ । शब्दका बुट्टा भरेर प्रस्तुत हुँदैमा कोहि शुद्ध हुन सक्दैन र देशप्रेमी हुन सक्दैन । भारतबाट आयातित खाद्यान्नमा प्रयोग भएको विषादी बारे उजागर गराउने नेपालको ईतिहासको यो पहिलो सरकार हो भन्ने सबैले बुझ्न जरुरी छ ।

Comments