काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विषादी परीक्षण प्रकरणमा माफी मागेका छन् ।सरकारले गत २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भारतसहित तेस्रो मुलुकबाट आयात हुने ताजा तरकारी र फलफूलको भन्सार बिन्दुमै क्वारेन्टाइन र जीवनाशक विषादी परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने सरकारी निर्णयलाई फिर्ता लिएका भन्दै चौतर्फी आलोचना भएपछि सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले माफी मागेका हुन् ।

उनले पूर्वाधार तयार नभएर विषादी परीक्षण सुरु गर्ने कार्य गल्ती भएका बताए । भन्सार बिन्दुमा विषादी परीक्षण प्रयोगशाला छैन भन्ने कुरा आफूलाई जनकारी नभएको बताए ।त्यसैगरी, यादवले विषादी परीक्षण गर्ने निर्णय फिर्ता नगरिएको दाबीसमेत गरका थिए । भएकै पूर्वाधारको सहयोगमा विषादी परीक्षण कार्य सुचारु रहने भन्दै सचिवहरूमाथि विश्वास गर्दा आफू विवादित हुने यावदले गरेको प्रष्टीकरण दिएका थिए । मन्त्री यादवले भने, ‘सचिवहरूको भरपर्दा मबाट गलत निर्णय भयो । सचिवले गुमराहमा राखी मलाई डुबाए । सबै फाइल अध्ययन गर्ने समय मसँग हुन्न । सचिवहरूले यस्ता विषयमा अध्ययन गरी आवश्यक जानकारी नगराएकाले विवादित हुनुप¥यो ।’

मन्त्री यादवले प्रधानमन्त्री कार्यालय, आफ्नो र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवको भरमा पर्दा आफू डुबेको दाबी गरे । मन्त्री यादवले भन्सार बिन्दुमा विषादी परीक्षण गर्ने भौतिक पूर्वाधार र सुविधा भए÷नभएको विषयमा अध्ययन नै नगरी सचिवको भरमा निर्णय गर्दा बाहिर नराम्रो सन्देश गएको बताए ।विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिनु पछाडि शक्ति केन्द्र र प्रधानमन्त्री तहबाट कुनै दबाब नआएको पनि उनले दाबी गरे । ‘मैले गल्ती गरें, सन्तोषका लागि मलाई थप्पड हान्नुहुन्छ भने हान्नुस,’ मन्त्री यादवले भने, ‘प्रयोगशालाको क्षमता विस्तार गरी पूर्ण रूपमा परीक्षण कार्य सुचारु गर्छौं ।’

पत्रकार ऋषि धमलासंगको जनता जान्न चाहन्छन भन्ने एक टिभीमा दिएको अन्तर्वार्तामा प्रचण्ड र ओलीलाई चेतावनी दिदै चुनौती दिएका छन् । उनले अन्तर्वार्ताकै क्रममा ओली प्रचण्डलाइ ‘म राजीनामा दिन्न, सक्छौ भने हटाउ ?’ भन्दै चुनौती समेत दिएका छन् । उनिसंगको अन्तर्वार्ताको भिडियो हेर्नको लागि तल भिडियो राखिएको छ हेर्नुहोला ।

Comments