काठमाडौं । काभ्रेमा युवतीमाथि सिरिन्ज आक्रमण गरेको आरोपमा प्रकाउ परेका शिक्षक निदोष रहेको पाइएको छ । स्याङ्जाका शिक्षक खगेन्द्र प्रसाद पाठक निर्दोष रिहा भएका हुन् । सोमबार बनेपास्थित चार दोबाटोमा बसभित्र सिरिन्ज जस्तै तिखो वस्तुले घोचेको भन्दै एक युवती चिच्याएपछि तनाव भएको थियो ।

बनेपाबाट काठमाडौं आउँन लागेकि युवती बस चढेलगत्तै केही तिखो वस्तुले घोचेको महसुस गरिन् । र चिच्चाएकि थिइन् । उनले नजिकै रहेका पाठकलाई आरोप लगाइन् र बसमा सवार अन्य मानिसहरुले पाठकलाई नियन्त्रणमा लिएर कुटपिट समेत गरे ।

युवतीलाई तिखो वस्तुले घोचेको भन्दै पाठकमाथि कुटपिट गरेको खबर पाएलगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीले स्थानीयबाट उद्धारगरी उनलाई पक्राउ गरेका थियो । आक्रोसित भिडले उनीमाथि आक्रमण समेत गरेको थियो ।  निर्दोष मान्छेलाई फसाईएको भन्दै धेरैले आपत्ति जनाएका छन् ।

Comments