बजाजले नयाँ पल्सर १५० भारतमा लन्च गर्ने भएको छ । रिपोर्टका अनुसार पल्सर १५० को नयाँ बाइक बीएस ६ इन्जिनको साथमा लन्च गरिने छ । सो बाइक परीक्षणको समयमा सडकमा देखा परेको थियो । फोटो अनुसार नयाँ पल्सर र अहिले उपलब्ध पल्सरमा केही परिवर्तन देख्न सकिन्छ । नयाँ पल्सर १५० को लुक्समा केही कस्मेटिक परिवर्तन गरिने छ । परीक्षणको समयमा देखा परेको सो बाइकमा नयाँ ग्राफिक्स देखिएको छ । साथै यसको फ्रन्टमा टेलिस्कोपिक रिफ्लेक्टर र ब्ल्याक बेली पेनमा पनि देख्न सकिन्छ ।

नयाँ पल्सर १५० मा बीएस ६ मापदण्डको इन्जिन उपलब्ध रहेको छ । सुरक्षाको लागि सो बाइकमा एन्टिलक ब्रेकिङ सिस्टम समावेश गरिएको छ । सो बाइकको रियरमा डिस्क ब्रेकको स्थानमा ड्रम ब्रेक जडान गरिएको छ । यसले बाइकको लागत कम हुने र बाइकको मूल्यमा पनि केही कमी हुनेछ । अहिले उपलब्ध पल्सर १५० मा १४९.५ सीसीको इन्जिन जडान गरिएको छ । साथै सिंगल सिलिन्डर, एयरकुल्ड पनि समावेश गरिएको छ । सो बाइक ५ स्पिड गियरबक्स समावेश गरिएको छ । जसले १४ बीएचपी र १३.४ एनएमको टर्क जेनेरेट गर्छ ।

नयाँ मोडल बाइकमा केही अपडेट गरिनेछ । वर्तमानमा उपलब्ध पल्सर १५० क्लासिकको एक्स शोरुम मूल्य ८४ हजार ४६१ भारु रहेको छ । नयाँ मोडलको मूल्य यो भन्दा अलि बढि हुने अनुमान गरिएको छ ।

Comments