एजेन्सी : वामपन्थी दलको गठबन्धनले बहुमत ल्याएपछि चार वर्षे कार्यकाल पुरा गरेका डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रस्मोशेन बिहीबार घर फर्किएका छन् । प्रधानमन्त्री कार्यालयबाट घर फर्किने क्रममा न त उनी कुनै गाडीमा चढेका देखिए । न त सुरक्षाकर्मीको लावा लस्कर नै। केवल थियो त उनको काँधमा सजिएको एक थान झोला।


सन् २०१५ मा डेनमार्कको २५ औँ प्रधानमन्त्री बनेका लार्सले बिहीबार प्रधानमन्त्रीको सरकारी कार्यालय छाड्दा न उनको अघि पछि कर्मचारी थिए न त सामानले भरिएका गाडीको ताँती नै । आफ्नो कार्यकालको तीन वर्ष तीन सय ६४ दिन पुगेपछि लार्सले प्रधानमन्त्री निवास छाडेका हुन्। अब उनको स्थानमा वाम गठबन्धनकी मेट फ्रेडरिकसनले जिम्मेवारी सम्हाल्नेछिन्।

धानमन्त्री बन्नु ठुलो कुरा भएको बताएका उनले ४ वर्षे कार्यकालका क्रममा सघाउने नेता-कार्यकर्ता र अन्य सहयोगीलाई धन्यवाद दिए। झोला भिरेर प्रधानमन्त्री निवास छाड्दै गरेको तस्बिर उनले फेसबुक पेजमा हालेका छन्। जहा धेरैले उनको सरल र सादा जिन्दगीको प्रश्सा गरेका छन्। यही तस्बिर अहिले नेपालमा पनि भाइरल बनेको छ।

Comments