असार १० अर्घाखाँची । मुलुकको राजनीतिक अस्थिरता र वढ्दो वेरोजगारीको कारण दिन प्रतिदिन त्रिभुवन विमान स्थल प्रयोग गर्नेको भीड़भाड़ विच स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण वन्न सफल भएका छन अर्घाखाँची सन्धिखर्क ५ स्थायी डघर भई हाल काठमाण्डौमा होटल व्यावसाय गर्दै आएका दिपक भुसाल । नेपाली पत्रकारितासँगै व्यावसायिको रुपमा अगाडी आएका युवा दिपक भुसाल हाल नेपाल पत्रकार महासंघ काठमांडौका सदस्य समेत रहेका छन ।

अर्घाखाँची जिल्ला साविकको वाँङला गाविस वडा नं ९ हालको सन्धिखर्क नगर पालिका वडा नं ५ वलेवाङमा २०४८ सालमा जन्मीएका भुसाल वुवा कान्तु प्रसाद भुसाल र आमा विष्णु माया कान्छा छोरा हुन । उनका दुई दाजुहरु रमेश भुसाल र नारायण भुसाल पनि काठमांडौमा होटल व्यावसायि हुनुहुन्छ । दिपकसँगै दाजुहरु पनि आ(आफ्नो परिवार सहित व्यावसायिक रुपमा होटल संचालन गरी काठमांडौमा रहनु भएको छ । झण्डै एक दर्जन युवालाई रोज़गार दिन सफल दिपक भुसाल निष्पक्ष पत्रकार हुन तर उनको सम्बन्ध प्रयास्सवैसँग नै राम्रो देखिन्छ ।

ललितपुरको जावलाखेल र चुच्चेपाटीमा दुई ओटा तन्दुरी भोजनालय संचालन गरेका भुसालले निकट समयमै अर्कों होटल ओपनिङ गर्ने तयारीमा छन । सफल होटल व्यावसायिक रुपमा परिचित भुसाल पछिल्लो चरणको स्थानीय निकायको निर्वाचनमा सन्धिखर्क ५ देखी स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उमेदवारी समेत दिनको लागी तयार भई काठमाण्डौवाट स्थानीय तहमै पुगी चुनाव प्रचार प्रसारको उद्देश्यले घरदैलो समेत गर्न पछि परेनन् तर अन्तिम चरणमा जिल्ला स्थिति विभिन्न राजनीतिक दलका नेतृत्व तह र समाजसेवी व्याक्तित्ववाट उमेद्धवारी नदिन पटक पटक आग्रह आई सकेपछि समाज विकासका लागी आफु पछि नहट्ने अडान विच विभिन्न विषयमा संझौता गरेर आफ्नो अड़िगतावाट पछि हटेका दिपकको सामाजिक योगदान पनि उति नै रहेको छ । स्थानीय वलेवाङमा रहेका युवाहरुको एकतामा गठित सामाजिक युवा कल्वका अध्यक्ष समेत रहेका छन ।

काठमाण्डौ उपत्यकाको चर्चित ॐ लुम्बिनी तन्दुरी भोजनालय जावला खेलमा रहेको उहाको होटलमा दैनिक जसो विभिन्न राजनीतिक दलका सिर्स नेता,पत्रकारहरुर देश विदेशवाट आउने पर्यटकको घुईचो नै देख्न सकिन्छ । अर्घाखाँची मिडिया हाउस प्रा।लि। द्धारा संचालित नेपालको पहिलो ऑनलाइन अर्घाखाँची डटकमका प्रशासकीय प्रमुख समेत रहेका दिपक भुसाल अर्घाखाँचीमै रहेको मालारानी एफएम र अर्घाखाँची टाईम्समा पनि आवद्ध छन । अतिनम्र स्वभाव हँसिलो अनुहार र स्पष्ट व्यावहारिकता नै उनको मुख्य आकर्षकता हो ।

यो समय नेपाली पत्रकारिता सहित होटल व्यावसायमा पनि रुपमा पनि सन्तुष्ट छु आगामी स्थानीय निकायको निर्वाचनमा आम जनताले चाहेको खण्डमा जनप्रतिनिधीकै रुपमा आउने मनासैयमा छु । म कुनै पनि पार्टी भन्दा पनि भ्रष्टचार र अनियमितता रहित समाज विकासको लागी निर्वाचनमा उमेद्ववारी दिनेछु दिपक भुसालले अर्घाखाँची डटकमसँगको कुराकानिमा वताएका छन ।

Comments